पाकिस्तानी खेलाडीलाई दूतावासको सम्मान
सोमबार, २३ मङ्सिर २०७६, १२ : ५९
काठमाडौँ । नेपालस्थित पाकिस्तानी राजदूतावासले दक्षिण एशियाली खेलकुदमा सहभागि पाकिस्तानी खेलाडीहरुलाई सम्मान गरेको छ ।
राजदूतावासले काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा खेल्न आएका खेलाडीहरुलाई रात्रिभोज आयोजना गरी सम्मान गरेको हो ।
दूतावासले खेलाडीहरुले राम्रो प्रतिस्पर्धा गरिरहेको र थप ऊर्जा दिन सम्मान गरिएको बताएको छ । १३ औं सागमा पाकिस्तानले अहिलेसम्म २९ स्वर्ण, ३४ रजत तथा ४७ कांस्य गरी कुल १ सय १० पदक प्राप्त गरेको छ ।
साग सकिन दुई दिन अघि राजदूतावासले आफूहरुलाई सम्मान गरेकाले थप ऊर्जा मिलेको खेलाडीहरुले बताएका छन् ।
नेपालका लागि पाकिस्तानी राजदूत मजहार जावेदले आफ्ना खेलाडीहरुले अपेक्षा अनुसार प्रदर्शन गरी पदक जितेको भन्दै प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण