पाकिस्तानी पूर्वप्रधानमन्त्री शरीफलाई अमेरिका लैजान सुझाव
लाहोर । पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफलाई उपचारका लागि अमेरिका लान उनको उपचारमा सम्लग्न चिकित्सकहरूले सुझाव दिएका छन् । शरीफ केही हप्तादेखि बेलायतको राजधानी लण्डनमा उपचार सेवा लिइरहेका छन् ।
शरीफलाई अमेरिकी चिकित्सकको परामर्श लिन उनको उपचारमा रहेका चिकित्सकहरूले सल्लाह दिएका पाकिस्तानको मुश्लिम लिग–नवाज (पीएमएल–एन) ले सोमबार जानकारी गराएको हो ।
पीएमएल–एनका प्रवक्ता म्यारियम औरन्जेबलाई उदृत गरी द ट्रिबुनले लेखेको छ, ‘पूर्व प्रधानमन्त्रीको मुटुबाट मष्तिष्कमा रगत सञ्चार गर्ने ८८ प्रतिशत धमनीहरू अबरूद्ध भएकोले उहाँलाई अमेरिकी चिकित्सकको परामर्श लिई उपचार गर्न सल्लाह आएको छ । तर स्वास्थ्य अवस्थाका कारण पूर्वप्रधानमन्त्री शरीफलाई लण्डनबाट अमेरिका लान चुनौति रहेको छ ।’
प्रवक्ताले भने, ‘पछिल्लो ‘पोजिट्रन इमिसन टोमोग्रफी (पीइटी) स्कान’ रिपोर्टअनुसार उहाँको छिट्टै वायोप्सी परीक्षण हुनेछ र तत्काल जटील शल्यक्रिया गर्नुपर्ने देखिएको छ । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट विरामी शरीफको प्लेटलेट सङ्ख्यामा सुधार नदेखिएपछि उहाँको अवस्थाप्रति चिकित्सकहरू चिन्तित बनेका हुन् ।’
तीनपटक पाकिस्तानको प्रधानमन्त्रीका रूपमा काम गरेका ६९ वर्षीय शरीफले लण्डनस्थित हार्वे क्लिनिकमा उपचार सेवा लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण