सागमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि ज्ञानेन्द्रले दिए बधाई
मङ्गलबार, २४ मङ्सिर २०७६, १८ : ११
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले उत्कृष्ट प्रदर्शन गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले खेलाडीलाई बधाई तथा शुभकामना दिएका छन् ।
शाहले मंगलबार साँझ एक सन्देश जारी गर्दै नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति खुसी व्यक्त गरेका छन् ।
उनले नेपालले गरेको प्रदर्शनले आफूलाई निकै खुसी बनाएको बताउँदै भनेका छन्, ‘आगामी दिनहरुमा पनि खेलकूद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भइरहोस् भन्ने मेरो कामना रहेको छ ।’
ज्ञानेन्द्रले १३ औं साग सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक एवम् व्यवस्थापकप्रति धन्यवाद व्यक्र गरेका छन् ।
सागमा नेपाल ५१ स्वर्णपदक जित्न सफल भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण