सारा अलीले इन्स्टाग्राममा सेयर गरिन् तस्बिर, आफूलाई बताइन् रेखाको सस्तो कपी
बिहीबार, २६ मङ्सिर २०७६, ०७ : ४२
सारा अली खान सोसल मिडियामा निकै सक्रिय छिन् । विशेषगरी इन्स्टाग्राममा उनी आफ्नो फिल्म र नीजि जीवनसँग सम्बन्धित विभिन्न पोष्ट गरिरहेकी हुन्छिन् । हालै उनले आफ्ना केही तस्बिर सेयर गरेकी छिन् र आफूलाई रेखाको सस्तो कपी बताएकी छिन् । साराले यो तस्बिरसहित एक रमाइलो सायरी पनि लेखेकी छिन् । साराले लेखेकी छिन्, ‘इन आंखों की मस्ती, रेखा जी से है सारा बहुत सस्ती, वो अपने आप पे ही हंसती, यह सब कहकर वो फिर खुद फंसती। #sarakishayari’
वरुण धवनले गरे कमेन्टः
साराको यो रमाइलो सायरीमाथि वरुण धवनले कमेन्ट गर्दै लेखे, ‘यस्तो लाग्छ कि तिमीसँग धेरै धेरै फुर्सद छ ।’
‘कुली नम्बर वान’ को सुटिङमा व्यस्त छिन् साराः
सारा आजकाल गोबिन्दा–करिश्मा कपुरको फिल्म ‘कुली नम्बर वान’ को रिमेकमा काम गरिरहेकी छिन् । विmल्मको सुटिङ अहिले जारी छ । यसमा सारा वरुणको अपोजिटमा देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको विरोधकाबिच प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हट्यो
-
ठुल्ठुला योजनामा सरकार, दातृ निकाय भन्छन्, ‘साना कुरामा ध्यान देऊ’
-
अनेसास पोर्चुगलको अध्यक्षमा अन्जान
-
प्रतिनिधिसभाको बैठक || Live ||
-
गण्डकीको बजेट : सांसदलाई ५ लाखको रन्को, अर्थ सचिवको पालिकामा योजनाको लर्को
-
मेटमणिविरुद्ध बैङ्किङ कसुरको जाहेरी सनाखत गरिँदै