किरात समुदायले यसरी मनाए उधौली पर्व, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । मंसिर शुक्ल पूर्णिमाको दिन बिहीबार किरात समुदायले उधौली पर्व मनाएका छन् ।
तीन दिन अघि शुरु भएको यो पर्वको तेस्रो दिन किरात समुदायका राई, लिम्बु, सुनार र याक्खा जातिले संयुक्त रुपमा उघौली पर्व मनाउने गर्छन् ।
किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरीन्छ । राजधानीमा भने ललितपुरको सानो हात्तीवनमा रहेको ऐतिहासिक तीर्थस्थलमा पुगेर किरात पर्व उधौली विशेष रुपमा मनाउने गरिन्छ ।
सानो हात्तीवन किरात माङ्हिम व्यवस्थापन समितिका सल्लाहकार राजबहादुर राईले किरात समुदायले बैशाख शुक्लपक्षमा बाली लगाउने बेला उभौली पर्व मनाउने र मंसिरमा अन्नबाली घर भित्र्याएपछि प्रकृति र पितृलाई स्मरण गर्ने परम्परा अनुसार उधौली मनाउने गरिएको बताए ।
उभौलीमा खेतीपाती लगाउने बेला भएकाले खेतीपाती राम्रोहोस भनी पुजा गर्ने र उधौलीमा खोतीपाती राम्रो भएकोमा प्रकृति, भूमि, किरा फट्याङ्ग्रा, चराचुरुङ्गीलाई धन्यवाद दिने र पितृको सम्मान गर्ने पर्वको रुपमा मनाउने समितिका अध्यक्ष दुर्गामणि देवानले बताए ।
उनले ललितपुरको हात्तीवनमा १ सय ९ बर्ष पहिलेदेखि संयुक्त रुपमा चारवटै किरात समुदायले उधौली पर्व मनाउँदै आएको बताए ।
त्यस्तै यो पर्वमा लगाउने पोषाकको पनि महत्वपूर्ण अर्थ हुने अध्यक्ष देवानले बताए । तर सबै जातीको आ–आफ्नो लोगो हुने भएकोले राम्रोसँग चिन्न सकिने समेत उनले बताए ।
पूजापछि आ–आफ्नो परम्परा अनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलानाच लागयतका नाच नाचेर मनोरन्जन गरिने परम्परा रहेको समेत उनले बताए ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
नाटकीय खेलमा सेनेगल पराजित, बेल्जियम विश्वकपको अन्तिम १६ मा
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण