बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि

बिहीबार, १८ असार २०८३, ०२ : १६
बिहीबार, १८ असार २०८३

सारांश

  • सेनेगलले फिफा विश्वकप २०२६ को प्रतिस्पर्धामा बेल्जियमविरुद्ध २४ औँ मिनेटमा अग्रता लिएको छ ।
  • सेनेगलका मिडफिल्डर हबिब डियाराले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका हुन् ।
  • खेलको सुरुवाती समयदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको सेनेगलको गोलपछि फिफा वरीयताको ९ औँ स्थानमा रहेको बेल्जियम दबाबमा देखिएको छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को प्रतिस्पर्धामा सेनेगलले बलियो टोली बेल्जियमविरुद्ध सुरुवाती अग्रता लिएको छ । अमेरिकाको सियाटलमा जारी रोमाञ्चक खेलको २४औँ मिनेटमा सेनेगलका मिडफिल्डर हबिब डियाराले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका हुन्। 

नेपाली समय अनुसार बिहीबार बिहान १ः४५ बजे सुरु भएको यस खेलमा जर्सी नम्बर २१ का मिडफिल्डर डियाराले बक्स भित्रबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका हुन् । खेलको सुरुवाती समयदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको सेनेगलको गोलपछि फिफा वरीयताको ९ औँ स्थानमा रहेको बेल्जियम दबाबमा देखिएको छ। खेलको पहिलो हाफको खेल जारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप