फिफा विश्वकप २०२६
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
बिहीबार, १८ असार २०८३, ०२ : ४३
सारांश
- फिफा विश्वकप २०२६ को प्रतिस्पर्धामा पहिलो हाफ सकिँदा सेनेगलले बेल्जियमविरुद्ध १–० को अग्रता बनाएको छ।
- खेलको २४ औँ मिनेटमा सेनेगलका मिडफिल्डर हबिब डियाराले गरेको गोल निर्णायक बन्यो।
- फिफा वरीयताको नवौँ स्थानमा रहेको बेल्जियमले गोल फर्काउन सकेन।
काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम ३२ को रोमाञ्चक प्रतिस्पर्धामा पहिलो हाफको खेल सकिँदासम्म सेनेगलले बेल्जियमविरुद्ध १–० को अग्रता बनाएको छ।
अमेरिकाको सियाटलमा जारी यस खेलमा सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको सेनेगलले आफ्नो सुरुवाती अग्रतालाई मध्यान्तर (हाफ टाइम) सम्म कायम राख्न सफल भएको हो ।
खेलको २४ औँ मिनेटमा सेनेगलका मिडफिल्डर हबिब डियाराले गरेको सानदार गोल नै पहिलो हाफमा निर्णायक बन्यो ।
फिफा वरीयताको नवौँ स्थानमा रहेको बेल्जियमले गोल फर्काउने केही उत्कृष्ट प्रयासहरू गरे पनि सेनेगलको बलियो रक्षापंक्तिलाई तोड्न सकेन । पहिलो हाफको अन्तिम समयतिर दुवै टोलीले केही गोल गर्ने अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन र पहिलो हाफको खेल १–० मा सकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटकीय खेलमा सेनेगल पराजित, बेल्जियम विश्वकपको अन्तिम १६ मा
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण