पदक विजेता खेलाडीहरुलाई नगर परिक्रमा, १० तस्बिरमा हेरौं
काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगर परिक्रमा गरिएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलावालले खेलाडीहरुलाई अविर र फुलमाला लगाएर नगर परिक्रमा गरिएको हो ।
पदकधारी खेलाडीहरुलाई काठमाडौं, ललितपुर भक्तपुरका विभिन्न स्थानमा नगरपरिक्रमा गरिने कार्यतालिका रहेपछि मौसमको खराबीका कारण कार्यक्रम छोटो पारिएको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले बताए ।
उपाध्यक्ष तिमल्सिनाका अनुसार राखेपको परिसरबाट सुरु भएर न्युरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै त्रिपुरेश्वरसम्म पदकधारी खेलाडीहरुलाई परिक्रममा गरिएको थियो । उपाध्यक्ष तिमल्सिनाले साग पाएको सफलताले खुसीसँगै चुनौतीहरु पनि थपेको बताए ।
उपाध्यक्ष तिमल्सिनाले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न खेलाडी, उनीहरुका अभिभावकको ठुलो सहयोग रहेको बताए । मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको सागमा नेपालले ५१ स्वर्ण पदक दोस्रो स्थान हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण