पदक विजेता खेलाडीहरुलाई नगर परिक्रमा, १० तस्बिरमा हेरौं
काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीहरुलाई नगर परिक्रमा गरिएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलावालले खेलाडीहरुलाई अविर र फुलमाला लगाएर नगर परिक्रमा गरिएको हो ।
पदकधारी खेलाडीहरुलाई काठमाडौं, ललितपुर भक्तपुरका विभिन्न स्थानमा नगरपरिक्रमा गरिने कार्यतालिका रहेपछि मौसमको खराबीका कारण कार्यक्रम छोटो पारिएको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले बताए ।
उपाध्यक्ष तिमल्सिनाका अनुसार राखेपको परिसरबाट सुरु भएर न्युरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै त्रिपुरेश्वरसम्म पदकधारी खेलाडीहरुलाई परिक्रममा गरिएको थियो । उपाध्यक्ष तिमल्सिनाले साग पाएको सफलताले खुसीसँगै चुनौतीहरु पनि थपेको बताए ।
उपाध्यक्ष तिमल्सिनाले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न खेलाडी, उनीहरुका अभिभावकको ठुलो सहयोग रहेको बताए । मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको सागमा नेपालले ५१ स्वर्ण पदक दोस्रो स्थान हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय