देउवा र पौडेलको बहिस्कारका बीच काँग्रेस बैठक सुरु
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूह सहभागी छैन ।
आफूहरुको माग सम्बोधन नभएको भन्दै पौडेल र सिटौला समूहको बहिस्कार गरेको बताइएको छ । बैठक छाडेर नेता पौडेल पाथिभराको दर्शनका लागि ताप्लेजुङ पुगेका छन् ।
अहिले सानेपामा देउवा पक्षीय नेताकै सहभागितामा केन्द्रीय समिति बैठक बसिरहेको हो । देउवा पक्षका केन्द्रीय सदस्यमात्रैले पनि बैठकमा बहुमत पुग्छ ।
पौडेल पक्षले १४ औं महाधिवेशनको कार्ययोजना केन्द्रीय समिति बैठकमा ल्याइनुपर्ने माग गरेको छ । तर देउवा त्यसमा तयार भएका छैनन् ।
पार्टीको स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेर मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने देउवा पक्षको अडान छ ।
यही विषयमा कुरा नमिल्दा पौडेल पक्षले बिहीबारको बैठक पनि बहिस्कार गरेको थियो ।
यस्तै देउवा पक्षले पार्टीका केन्द्रीय विभाग २८ बाट बढाएर ४१ बनाउने प्रस्तावप्रति पनि पौडेल पक्षको विमति थियो ।
पौडेल पक्षको बहिस्कारकाबीच देउवा पक्षले केन्द्रीय समिति बैठकमा छलफलका लागि ९ वडा एजेण्डा प्रस्तुत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
-
आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले लिनुपर्ने ७ एजेन्डा
-
सुदूरपश्चिमका ओलम्पियन खेलाडीहरू नगदसहित सम्मानित
-
कर्णालीमा असारे विकास : २१ दिनमा ३ अर्ब २० करोड बढी खर्च
-
ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको प्रशंसा
-
मधेस सरकारकाे बजेट पुनर्लेखनकाे माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण