बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले प्रतिष्ठानमा कार्यरत पुराना पदाधिकारीको सम्पत्ति छानबिनको लागि कमिटी बनाउने निर्देशन दिएकी हुन् ।
यस्तै विगत १३ वर्षदेखि खरिद हुन नसकेको एमआरआई मेसिनको लागि मन्त्रालयले २५ करोड बजेट छुट्याएर खरिद प्रक्रिया अघि बढिसकेको स्वास्थ्य मन्त्री मेहताले बताइन् ।
प्रतिष्ठानको स्तरलाई सुधार गर्न एक कमिटी बनाइने भएको छ । विद्यार्थीका लागि स्किल ल्याब र पुस्तकालय शाखा निर्माण गर्ने प्रतिबद्धता जनाइन् । अस्पतालको हाताभित्र भएको निर्भाना कन्ट्री क्लब अस्पतालकै स्वामित्वमा फर्काउन निर्देशन दिइन् ।
प्रतिष्ठानमा लामो समयदेखि विवादित एमसिएच बिल्ङिङ सुचारु भएको छ । गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री मेहताले प्रतिष्ठानको अनुगमन गरेका थिए । यससँगै गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहताले कोशी प्रादेशिक अस्पतालको अनुगमनमा पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
-
गोरखामा मरुवा सङ्क्रमणले चैते धानमा क्षति
-
वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्छाैँ : मन्त्री गौतम
-
दुई आईजी अमेरिका प्रस्थान
-
दलाई लामाको जन्मदिनमा औपचारिक कार्यक्रम र जुलुस गर्न नदिने सुरक्षा समितिको निर्णय
-
नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अगस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण