कबिर सिंहमा यस्ता दृश्य दिन असहज थिइन् कियारा आडवाणी, अब गरिन् खुलासा
बलिउडमा यस्ता थुप्रै फिल्म रिलिज भए जसको विषयवस्तुमाथि व्यापक विरोध भएको छ । यस्तै फिल्मको सूचीमा छ, शाहिद कपुरको फिल्म ‘कबिर सिंह’ । यो फिल्मका निर्मातामाथि कबिर सिंहजस्ता बिग्रिएका पात्रको तारिफ गरेको आरोप लागेको छ । यसका लागि फिल्मका निर्देशक संदिप वांगा रेड्डी पनि निकै ट्रोल भए । यसबाहेक शाहिद कपुर पनि उक्त भूमिका निभएका कारण र त्यसको पक्षमा उभिएका कारण ट्रोलको शिकार भए । यस्तै, अब यो फिल्मकी नायिका अर्थात् कियारा आडवाणीको प्रतिक्रिया पनि आएको छ । उनले फिल्मको विषयमा जे जति कुरा गरिन् त्यसले धेरैलाई चकित पारेको छ ।
हालै, हिन्दुस्तान टाइम्सललाई दिएको एक अन्तर्वार्तामा कियारा आडवाणीले फिल्मका लागि आफू सहज नभएको बताएकी छिन् । उनले भनिन्, ‘नीजि रुपमा म यो फिल्मका केही दृश्य गर्नका लागि राजी थिइनँ र उक्त दृश्यका कारण मलाई असहज महसुस भएको थियो । केही अन्य कुरामा पनि म असहज थिएँ जस्तै, कबिर सिंहको भूमिका । मैले ‘कबिर सिंह’ लाई एउटा हिरोको रुपमा कहिले पनि हेरेकी थिइनँ ।’
कियाराले थपिन्, ‘केही दृश्यका लागि असहज थिएँ तरपनि म अभिनयका लागि तयार भएँ । मलाई चित्त नबुझेको कुरामाथि धेरैले आवाज उठाउनु भयो, जुन राम्रो भयो । मैले यसलाई एउटा फिल्म र एक काल्पनिक कहानीको रुपमा हेरेँ । म अब अघि बढिसकेकी छु ।’
कियाराको यो बयानपछि फिल्मबारे जुन प्रश्न उठिरहेको थियो त्यसमा उनी सहमत भएको जस्तो देखिन्छ । अचम्म त के भयो भने यति हुँदा हुँदै पनि उनी फिल्म गर्न तयार भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण