लुम्बिनीमा छैठौं सडक खाना महोत्सवको तयारी
बुटवल । ‘लुम्बिनी जाउँ, लुम्बिनीमै खाऔं, लुम्बिनीमै रमाऔं’ भन्ने मूल नारा सहित बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी होटल संघ नेपालले सडक खाना महोत्सव आयोजना गर्ने भएको होे ।
रुपन्देहीमा बुधबार पत्रकार सम्मेलन गरी संघले नेपाल भ्रमण वर्षको पूर्वसन्ध्या अर्थात् डिसेम्बर ३१ तारिखका दिन महोत्सव आयोजना गर्ने जानकारी दिएको हो । एक दर्जन देशका विभिन्न खानाका परिकारहरु महोत्सवमा राखिने होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । संघले छैठौ पटक सडक खाना महोत्सव आयोजना गर्दैछ ।
महोत्सवमा नेपाली, चाईनिज, थाई, इटालीयन, जापानीज लगायतका स्टल रहने आयोजकको भनाइ छ । श्रेष्ठले भने, ‘नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना हुने सडक खाना महोत्सवलाई विगतमा भन्दा रोचक र भव्य बनाउने गरि तयारी गरेका छौं ।’
लुम्बिनी भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई मध्यनजर गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लुम्बिनीमा आकर्षित गर्न महोत्सव आयोजना गरिएको संघका महासचिव लीलामणी शर्माको भनाइ छ ।
महोत्सवमा स्थानीय बिराहा नाच, विभिन्न जातीहरुको संस्कृतिसहितका सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण