शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

शुक्रबार, ०८ साउन २०८३, १८ : २१
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ ।
  • उनीहरूलाई गत बुधबार सिंहदरबार गेट अगाडिबाट पक्राउ गरिएको थियो ।
  • सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

काठमाडौँ । निहारिक राजपुत र बिनु यादवलाई प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ । 

उनीहरूलाई शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयसँगको सहमतिमा हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । 

बुधबार उनीहरूलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको थियो । प्रधानमन्त्रीको निवास अगाडी धर्ना बस्न जाँदै गरेको अवस्थामा पक्राउ गरेर उनीहरू विरुद्ध प्रहरी वृत्त मालिगाउँले सार्वजनिक शान्ति विरुद्धको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको थियो । उनीहरूलाई हाजिर जमानीमा राखेर अनुसन्धानको काम अघि बढाइएको एसपी भट्टराईले बताए। 

पछिल्लो समय उनीहरू माइतीघर र सिंहदरबारको दक्षिण गेट अगाडी आफ्ना माग पुरा नभएको भन्दै धर्ना बस्दै आएका छन्। आफूहरूलाई अन्याय भएको उनीहरुले दाबी गर्दै आएका छन् । गृहमन्त्री सुधन गुरुङलाई भेट्न माग गर्दै सिंहदरबार दक्षिण गेटमा पानीमा रुझेर बसेपछि उनीहरुले धेरैको ध्यान तानेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप