थामिएन धितोपत्र बजार
काठमाडौं । मङ्गलबार सुधार देखिएको धितोपत्र बजार आज पुनःओरालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ३.३० अङ्कले घटेर एक हजार १५२.०७ तथा सेन्सेटिभ परिसूचक ०.८० अङ्कले घटेर २५२.४७ मा पुगेको छ ।
परिसूचक घटेसँगै कारोवार रकम पनि खुम्चिएको छ । आज कूल १६५ कम्पनीका नौ लाख ४७ हजार ८५३ कित्ता शेयर रु २९ करोड ४७ लाख नौ हजार ८५८ मा खरीद बिक्री भयो । कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र शेयर उकालो लागेको छ ।
व्यापार २०.१९, विकास बैंक २.०५ र अन्य उपसमूहको शेयर ०.६८ अङ्कले बढेको छ । बैंकिङ १.७४, होटल ४३.०७, जलविद्युत् ७.३९, वित्त १.३१, निर्जीवन बीमा ३७.७३, उत्पादन ११.७७, माइक्रोफाइनान्स ८.१८, जीवन बीमा २२.३७ र सामूहिक लगानी कोषको शेयर ०.०२ अङ्कले ओरालो लागेको छ ।
कारोवार रकमका आधारमा एनएमबी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु चार करोड ९० लाख २३ हजार २३५ मा खरीद बिक्री भयो । यस्तै नेपाल बैंक लिमिटेड रु एक करोड ६२ लाख ११ हजार ४४६, नविल बैंक लिमिटेड रु एक करोड १४ लाख १० हजार ६२७, साल्ट ट्रेडिङ कर्पोरेशन रु एक करोड १२ लाख ८१ हजार २०२ र नेपाल लाइफ इस्योरेन्सको शेयर रु ८७ लाख ४० हजार २८३ मा खरीद बिक्री भयो ।
समग्र परिसूचक घटे पनि विशाल बजार कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । यस्तै नेपाल फाइनान्स ९.५६, दिव्यश्वरी हाइड्रोपावर ९.२६, कालिका पावर ४.९४, समिट लघुवित्त वित्तीय संस्था ३.८६ र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले ३.६४ प्रतिशतले कमाए ।
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.६९, सिभिल लघुवित्त वित्तीय संस्था ६.०२, सिजर्नी पावर डेभलपमेन्ट ५.२०, वेष्ट फाइनान्स कम्पनी ४.५४, आइएमई जनरल इन्स्योरेन्स ३.९० र पाँचथर पावर कम्पान्टका शेयरधनीले ३.७० प्रतिशतले गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण