एनसेलले ल्यायो ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’
काठमाडौं– एनसेलका प्रिपेड ग्राहकहरुले अब एनसेल नेटवर्क भित्रका आफ्ना साथीभाई तथा आफन्तजनसँग रातीको समयमा अझै सुलभ दरमा असिमित कुराकानीको फाइदा लिन सक्नेछन् ।
एनसेल प्राईभेट लिमिटेडले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राकहले एनसेल नेटवर्क भित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग बेलुका १० बजे देखि विहान ६ बजे सम्म मात्र रु १० (रु १२.७७ कर सहित) मा असिमित कुराकानी गर्न सक्नेछन् ।
यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहिबार (पुष ३) देखि संचालनमा रहने छ । यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरि प्याक सुचारु गर्न सक्छन् । त्यस्तै एसएमएस मार्फत यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीकोे ठुलो अक्षर ‘एनयु’ टाइप गरि १७११८ मा एसएमएस पठाउन सक्नेछन् । प्याक सुचारु गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ ।
यो प्याकले ग्राकहलाई थप सुविधा प्रदान गर्ने र आफ्ना साथीभाई तथा आफन्तजनहरुसँग सुलभ दरमा सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर चत्रै ४ गते सम्म संचालनमा रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण