दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
सारांश
- सम्पत्ति शुद्धीकरण कसुरमा पूर्व अर्थमन्त्री विष्णु पौडेल र दीपक भट्टविरुद्ध मुद्दा चलाउँदा चुन्नुप्रसाद पौडेल र कमलकिशोर मालपानीलाई सरकारी साक्षी बनाइएको छ ।
- उनीहरूले श्रीराम टोवाको उद्योगको सेयर बिक्री र विष्णु पौडेल तथा दीपक भट्टबीचको लेनदेनको यथार्थ विवरण अनुसन्धान अधिकृतसमक्ष खुलाएका थिए ।
- शर्मा र मालपानीले मुद्दामा सरकारी साक्षीको रूपमा बकपत्र गर्न मन्जुर गरेका छन् र आफूविरुद्ध मुद्दा नचलाइएमा अभियोग दाबी पुष्टि गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँ । सम्पत्ति शुद्धीकरण कसुरमा नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवादी बनाइएको मुद्दामा श्रीराम टोवाको कम्पनीका सञ्चालक चुन्नुप्रसाद पौडेल र कमलकिशोर मालपानीलाई सरकारी साक्षीको रूपमा पेस गरिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले एमाले नेता पौडेललाई २० करोड ९० लाख र दीपक भट्टलाई ४७ करोड ७७ लाख ६६ हजार २५० रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गर्दा साक्षीको रूपमा चुन्नुप्रसाद र कमलकिशोरलाई साक्षी बनाइएको हो ।
उनीहरूले श्रीराम टोवाको उद्योगको २० प्रतिशत सेयर कसरी र कुन परिस्थितिमा दीपक भट्टको कम्पनीलाई न्यून मूल्यमा बिक्री गरियो भन्ने ‘यथार्थ ब्यहोरा’ अनुसन्धान अधिकृतसमक्ष खुलाएका थिए । उनीहरूले दिएको जानकारीले नै पूर्वअर्थमन्त्री विष्णु पौडेल र दीपक भट्टबिचको सम्बन्ध र लेनदेन पुष्टि गर्न मुख्य आधार तयार गरेको हो ।
उनीहरूले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नै दीपक भट्टसँग सानेपास्थित निवासमा भेट गराएको र ‘दीपक भट्ट नभई हुँदैन, निजले सबै सरकारी निकायमा सहजीकरण गर्छन्’ भनी दबाबपूर्ण सहजीकरण गरेको बयान दिएका छन् । राजस्व अनुसन्धान विभागको झमेला र सुपारी आयातको कोटा मिलाउन पौडेलले नै भट्टलाई साझेदार बनाउन लगाएको खुलासा उनीहरूले गरिदिएका छन् ।
शर्मा र मालपानीले मुद्दा अदालतमा चल्दाका बखत सरकारी पक्षको साक्षीको रूपमा उपस्थित भएर ‘बकपत्र गर्न मन्जुर गरेका छन् । उनीहरूले आफूहरू विरुद्ध मुद्दा नचलाइएको खण्डमा अभियोग दाबी पुष्टि गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण