न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
सारांश
- न्याय परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।
- परिषद्ले विशेष अदालत, श्रम अदालत र राजस्व न्यायाधिकरणहरूमा अध्यक्ष तथा कानुन सदस्यहरू तोक्नका लागि समेत सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
- विशेष अदालत काठमाडौँको अध्यक्षमा न्यायाधीश वासुदेव आचार्य, श्रम अदालतको अध्यक्षमा दीपेन्द्र अधिकारी र राजस्व न्यायाधिकरण काठमाडौँको अध्यक्षमा ध्रुवराज नन्दलाई सिफारिस गरिएको छ ।
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ । परिषद्को बिहीबार बसेको बैठकले न्यायाधीशहरूको सरुवासँगै विशेष अदालत, श्रम अदालत र राजस्व न्यायाधिकरणहरूमा अध्यक्ष तथा कानुन सदस्यहरू तोक्नका लागि समेत सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
न्याय परिषद्ले विशेष अदालत काठमाडौँको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्न सिफारिस गरेको छ ।
श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न सिफारिस गरिएको छ । यस्तै, राजस्व न्यायाधिकरण काठमाडौँको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्दलाई तोक्न सिफारिस गरेको छ ।
राजस्व न्यायाधिकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश अन्जु उप्रेती ढकाललाई तोक्न सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् निर्यातमा गेम चेन्जर निर्णय
-
रास्वपाले प्रदेश खारेजीको माग गरिरहँदा तपाईंहरूको व्यवहारले उनीहरूलाई बल पुग्दैन ?
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण