सबै कुरामा पार्टीले सरकारलाई नेतृत्व गर्नुपर्छ : वरिष्ठ नेता खनाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले सबै कुरामा पार्टीले सरकारलाई नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन् । विहीबारको स्थानीय कमिटी बैठकमा नेता खनालले तीनै तहको सरकारको समग्र समिक्षा गरेर सबै कुरामा पार्टीले सरकारलाई नेतृत्व गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले भने, ‘पार्टी विधि र पद्धति अनुरुप चलाउनु पर्छ । विधानलाई सबैले पालना गरेर पार्टीमा देखिएको गुटबन्दीको रोगबाट पुर्णरुपले मुक्तहुन जरुरी छ ।’ उपचुनावका परिणामबाट राम्ररी शिक्षा ग्रहण सरकार र पार्टीले नयाँ नीति लिनुपर्ने नेता खनालले बताए ।
उनले भने, ‘पार्टीले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, संचार, यातायात लगायतका सबै क्षेत्रमा नयाँ नीतिअघि सार्नुपर्छ । पार्टीलाई बैचारीक रुपले रुपान्तरण गरेर बहुआयामिक रुपमा पार्टी निर्माण कार्यलाई तीव्रता दिन जरुरी छ ।’
०६२,६३ को जनक्रान्तिमार्फत पुँजिवादी-जनवादी क्रान्ति पुरा भएको भन्दै समाजवादी क्रान्तिको नयाँ युग शुरु भएको नेता खनालको भनाइ थियो । नेपाली समाजको प्रधान अन्तरबिरोधहरु नयाँ शिराबाट निक्र्योल गरेर पार्टीको कार्यदिशा र नीतिहरुलाई तद्नुरुप परिस्कृत गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण