कहिले कसैको मन दुखाउनु भएको छ भने माफी माग्न संकोच र ढिला गर्नु हुँदैन
जीवनमा थुप्रै पटक आफन्त र साथीभाइसँग विवाद हुने गर्छ । यस्तो स्थितीमा कहिलेकाँही हाम्रो मुखबाट यस्ता कुराहरु निस्कन्छन् जसका कारण सम्बन्ध बिग्रने स्थितीमा पुग्छ । क्रोधमा बोलिएका कुराहरुले समस्या बढाउँछन्, जब क्रोध शान्त हुन्छ तब गल्ती भएको महसुस गर्छौं र पछुताउँछौं पनि । भारतको गायत्री परिवारका संस्थापक पं.श्रीराम शर्मा आचार्यले यस्ता परिस्थितीमा के कुराको ध्यान पुर्याउने जानकारी दिएका छन् ।
दोस्रो व्यक्तिलाई दोष दिनुहुँदैनः
वादविवाद समाप्त भएपछि र रिस शान्त भएपछि खासमा आफूले के गरिएको थियो भनेर थाहा पाउनुपर्छ । उक्त घटना सबिस्तार लेख्नुहोस् र ती कुराहरु पनि लेख्नुहोस् जुन यसको जड थियो । अरु व्यक्ति र परिस्थितीलाई दोष दिनबाट बच्नुहोस् । यस्तो गर्दा स्थिती थप तनावग्रस्त हुन्छ ।
क्षमा माग्न ढिला नगर्नुहोस्ः
क्षमा माग्न सजिलो छैन तर यदि हामीले आफ्नो गल्तीको क्षमा तुरुन्त माग्नुहुन्छ भने सम्बन्धमा प्रेम यथावत हुन्छ । माफी माग्नुको अर्थ आफूबाट गल्ती भएको र त्यसबाट आफू लज्जित भएको महसुस गर्नु हो । यसरी हामी आफ्नो गल्ती दोहोराउनबाट बच्नेछौं ।
नकारात्मक विचाररबाट बच्नुहोस्ः
वाद विवादको स्थितीमा क्षमा माग्नुहोस् र अगाडिका व्यक्तिले क्षमा दिँदा कुरा त्यहाँ नै समाप्त गर्नुहोस् । कहिलेकाँही क्षमा पाइसकेपछि पनि हामीले आफूले आफैंलाई क्षमा दिन सकिरहेका हुँदैनौं । आफ्नैबारे नकारात्मक विचार आउन थाल्छ । यस्तो स्थितीबाट बच्नुपर्छ । नकारात्मक विचारबाट बच्नुहोस्, आफ्नो ध्यान अन्तैतिर मोड्नुहोस् ।
लज्जा महसुस नगर्नुहोस्ः
यदि हामीबाट कुनै गल्ती भएको छ भने क्षमा माग्न नलजाउनुहोस् । धेरै मानिसहरु लाजका कारण लुक्ने गर्छन् । मानिसहरुसँग आँखा जुधाउन डराउँछन् । यस्तो स्थितीबाट बच्नुहोस् । यस्तो डर आफूमा हावी हुन नदिनुहोस् । लज्जाबोध नगर्नुहोस्, क्षमा माग्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण