शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

दुई वर्षे कार्यकालमा जनताको मुहारमा नयाँ चमक आयो : दिनानाथ शर्मा

शुक्रबार, ०४ पुस २०७६, १६ : ४३
शुक्रबार, ०४ पुस २०७६

काठमाडौं ।  राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले सरकारले आफ्नो २ वर्षे कार्यकालमा जनताको मुहारमा नयाँ चमक ल्याएको बताएका छन् । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा शर्माले देश आर्थिक समृद्धिको यात्रामा अगाडी बढेको बताउँदै भौतिक संरचनाहरुको निर्माणका सन्दर्भमा सरकारले महत्वपूर्ण सफलता हासिल गरेको बताएका हुन् ।

‘देश आर्थिक समृद्धिको दिशमा अगाडी बढेको छ भन्ने कुरा विभिन्न तथ्याङकहरुले पुष्टि गर्छ । भौतिक संरचना निर्माणमा पनि सरकारले महत्वपूर्ण कदम चालेको छ । केही राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका छन् केही हुने क्रममा छन्’, उनले भने, ‘३० महिनामा पुरा गर्ने लक्ष्य लिइएको ६७ किलोमिटर पाईपलाइनको काम १८ महिनामा सम्पन्न भएको छ । यो सबैका लागि खुसीको कुरा हो ।’

एक फरक प्रसंगमा शर्माले विभिन्न समितिमा हुने विधेयकमाथिको दफावार छलफलमा सम्बन्धित मन्त्रीहरु सहभागी नुहने गुनासो आएको बताए । समितिका सभापतिहरुले आफ्नो विधेयकहरुलाई अगाडी बढाउन महत्वपूर्ण भूमिका खेलेको भएपनि सम्बन्धित मन्त्रीहरु छलफलमा सहभागि नहुँदा विधेयक तदारुकताका साथ अगडी बढाउन समस्या आउने गरेको उनले बताए । समितिको छलफलमा मन्त्रीहरु सहभागी नहुने गुनासो आगामी दिनमा नहोस् भन्दै उनले सरकारको ध्यानाकर्षण पनि गराए । 

राष्ट्रियसभाको पाँचौ अधिवेशनको पहिलो दिन उनले यहि अधिवेशनबाट केही सांसदहरु विदा भएर जाँदा दुःख लागेको बताउँदै नयाँ सदस्यहरु भित्र्याउँदा राष्ट्रियसभाको गरिमा उच्च राख्न अझ बौद्धिक र अनुभवि व्यक्ति ल्याउन राजनीतिक दलहरुलाई आग्रह समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप