दुई वर्षे कार्यकालमा जनताको मुहारमा नयाँ चमक आयो : दिनानाथ शर्मा
काठमाडौं । राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले सरकारले आफ्नो २ वर्षे कार्यकालमा जनताको मुहारमा नयाँ चमक ल्याएको बताएका छन् । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा शर्माले देश आर्थिक समृद्धिको यात्रामा अगाडी बढेको बताउँदै भौतिक संरचनाहरुको निर्माणका सन्दर्भमा सरकारले महत्वपूर्ण सफलता हासिल गरेको बताएका हुन् ।
‘देश आर्थिक समृद्धिको दिशमा अगाडी बढेको छ भन्ने कुरा विभिन्न तथ्याङकहरुले पुष्टि गर्छ । भौतिक संरचना निर्माणमा पनि सरकारले महत्वपूर्ण कदम चालेको छ । केही राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका छन् केही हुने क्रममा छन्’, उनले भने, ‘३० महिनामा पुरा गर्ने लक्ष्य लिइएको ६७ किलोमिटर पाईपलाइनको काम १८ महिनामा सम्पन्न भएको छ । यो सबैका लागि खुसीको कुरा हो ।’
एक फरक प्रसंगमा शर्माले विभिन्न समितिमा हुने विधेयकमाथिको दफावार छलफलमा सम्बन्धित मन्त्रीहरु सहभागी नुहने गुनासो आएको बताए । समितिका सभापतिहरुले आफ्नो विधेयकहरुलाई अगाडी बढाउन महत्वपूर्ण भूमिका खेलेको भएपनि सम्बन्धित मन्त्रीहरु छलफलमा सहभागि नहुँदा विधेयक तदारुकताका साथ अगडी बढाउन समस्या आउने गरेको उनले बताए । समितिको छलफलमा मन्त्रीहरु सहभागी नहुने गुनासो आगामी दिनमा नहोस् भन्दै उनले सरकारको ध्यानाकर्षण पनि गराए ।
राष्ट्रियसभाको पाँचौ अधिवेशनको पहिलो दिन उनले यहि अधिवेशनबाट केही सांसदहरु विदा भएर जाँदा दुःख लागेको बताउँदै नयाँ सदस्यहरु भित्र्याउँदा राष्ट्रियसभाको गरिमा उच्च राख्न अझ बौद्धिक र अनुभवि व्यक्ति ल्याउन राजनीतिक दलहरुलाई आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण