प्रहरी र बालुवा चोरबीच विवादः गाडी छोडेर भागे चालक
भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिले बालुवा चोरी गर्न प्रयोग गरेको सवारी साधनलाई नियन्त्रणमा लिएको छ । शुक्रबार मध्यपुर थिमि नगरपालिका वडा नं. ८ स्थित मनोहरा खोलाको बालुवा मिनिट्रक हालेर चोरी तस्करी गर्दै गरेको अवस्थामा प्रहरी उक्त स्थानमा पुगेको थियो ।
प्रहरील बा. ४ ख ३४३७, बा. ४ ख २३१६, बा. २ ख ४४१६, र प्रदेश नं.३–००१–००५ ख ९२५१को मिनिट्रक नियन्त्रणमा लिएका वृत्तका प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् । बालुवा चोरी निकासी भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी खोलामा पुगेको थियो । बालुवा निकालेर गाडीमा राख्दै गरेको अवस्थामा नियन्त्रणमा लिइ कार्यालयमा ल्याउने प्रयास गर्दा चालकहरुले विवाद गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीसँग वादविवाद गरि गाडी छोडी चालक फरार भएकोले चारवटै गाडी प्रहरीले नियन्त्रणमा लिएर कार्यालय थिमिमा ल्याई अनुसन्धान भइरहको डिएसपी कोइरालाले बताएका छन् । फरार सवारी चालकविरुद्ध अभद्र व्यवहारमा मुद्धा दर्ता गरि कानुनी कार्वाही गरिने तथा चोरी तस्करी गरेकोमा सम्बन्धित नगरपालिकामा जरिवानाको लागि पठाइने प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण