खेलकूद परिषद गठनबारे समितिमा छलफल

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार राष्ट्रिय खेलकूद परिषद गठनका विषयमा छलफल भएको छ । ‘खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि जारी दफावार छलफलमा सोमबार राष्ट्रिय खेलकूद परिषद गठनका विषयमा छलफल भएको हो ।
छलफलमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले संविधानले व्यवस्था गरेअनुसार परिषदमा ३३ प्रतिशत महिलासहितको समावेशी प्रतिनिधित्व हुने गरि सुझाव दिन सांसदहरुलाई आग्रह गरे ।
सांसद जीवनराम श्रेष्ठले राष्ट्रिय खेलकूद परिषदलाई देशव्यापी बनाउन प्रदेशमा खेलकूद हेर्ने मन्त्रीलाई परिषदमा ल्याउनुपर्ने बताए ।
‘नीति निर्माण तहमा त्यही अनुसारको उचाई भएको व्यक्ति चाहिन्छ । प्रदेश प्रमुखहरुसँग छलफल गर्न कार्यकारीणि समितिको परिकल्पना गरिएको छ । त्यसैले परिषदमा प्रदेशबाट मन्त्रीको सहभागिता हुनुपर्छ’, उनले भने ।
यता सांसद गगन थापाले संघमा राज्यमन्त्री र सहसचिव स्तरको व्यक्ति राख्ने तर प्रदेशबाट मन्त्रीको प्रतिनिधित्व हुने कुरा उपयुक्त नहुने बताए । समिति सभापति जयपुरी घर्तीले संविधान र संघीयताको मर्मअनुसार परिषद गठन हुनुपर्ने बताउँदै त्यही अनुसार छलफलमा धारणा राख्न सांसदहरुलाई आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पा र डडेल्धुरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको छ: मन्त्री खड्का
-
ग्यालेक्सीसँग हार्यो संस्कृति इन्टरनेशनल
-
बीसीसीआईद्वारा आईपीएलका बाँकी सबै खेल रद्द
-
पाकिस्तानसँगको तनावबिच इन्डियन आयल कर्पोरेसनको अपिल
-
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ