वीरगञ्जमा चिकित्सकको लापर्वाहीका कारण प्रसुति गराउन पुगेका २ महिलाको मृत्यु
वीरगञ्ज । वीरगञ्जको पानीट्याकीमा रहेको प्रभु अस्पतालका चिकित्सकको लापरवाहीका कारणले प्रसुति गराउन आएका २ महिलाको मृत्यु भएको छ । बाराको पचरौता गाउँपालिका निवासी ओमप्रकाश ठाकुरकी श्रीमती सुनितादेवी र कलैया निवासी अमृता श्रेष्ठको मृत्यु भएको हो ।
माइतीघर वीरगञ्ज महानगरपालिका–३ भगवती टोलमा बस्दै आएकी ३० वर्षीया अमृता मंगलबार प्रभु अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन अस्पतालकी डा. लक्ष्मी थापाले उनको अप्रेसन गरी बच्चा जन्माएकी र उनकै निगरानीमा उनको सबै चेकजाँच भएको आफन्तजनले जनाएका छन् ।
उपचारकै क्रममा बुधबार श्रेष्ठको अचानक पिसाब रोकिएको तथा मुटुको धड्कन नचलेका कारण अस्पतालले भेन्टिलेटरमा राखेको थियो । भेन्टिलेटरमा राखेपनि अमृताको बुधबार अस्पतालमै मृत्यु भएको उनका आफन्तजनले जानकारी दिए । अस्पतालको लापरवाहीको कारणले यस्तो घटना हुन गएको आरोप अमृताका आफन्तजनले लगाएका छन् ।
अस्पतालले कुरा लुकाउनका लागी प्रहरीलाई समेत जानकारी नगराएको र अमृताको शवको पोष्टमार्टम समेत नगराई दहासंस्कार गराएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाहीले बताए । अस्पतालले मंगलबार ३ महिलाको अप्रेशनमार्फत प्रसुती गराएको थियो ।
त्यस्तै, अर्की महिला सुनितादेवीको पनि अस्पतालको लापर्वाहीका कारण मृत्यु भएको उनका आफन्तले बताएका छन् । सुनिताको अवस्था चिन्ताजनक भएपछि प्रभु अस्पतालकै डा. लक्ष्मी थापाले आफन्तजनलाई फकाएर उपचारका लागि भरतपुर पठाएकी थिइन् । भरतपुर लगिएको भोलिपल्ट अर्थात शुक्रबार बिहान करिब ४ बजे उनको मृत्यु भएको आफन्त साहेब ठाकुरले बताए ।
सुनिताको डा.थापाको लापरवाहीका कारण मृत्यु भएको ओमप्रकाशका दाई साहेबले जानकारी दिए । यस विषयमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसँग बुझ्दा आफुलाई केही थाहा नभएको बताए । यता, डा.थापाले भने घटनाबारे अनुसन्धान गर्न मेडिकल काउन्सिललाई पत्र पठाएको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण