अंग्रेजी नयाँ वर्ष सुरु हुनुअघि घरबाट निकाल्नुहोस् यी पाँच वस्तु, हट्नेछ दुःख कष्ट
अंग्रेजी नयाँ वर्ष सुरु हुन केही दिन मात्रै बाँकी छ । नयाँ वर्ष सुरु हुन लाग्दा धेरै मानिसहरुले धेरै कुराको आशा राखेका हुन्छन् । नयाँ वर्ष सबैका लागि मंगलमय होस् भनेर सबैले अपेक्षा पनि गरेका हुन्छन् । तीमध्ये कतिले नयाँ वर्षमा फाइदा नै फाइदा होस् भनेर विभिन्न उपाय अपनाउन पनि चाहन्छन् । यदि तपाईं पनि नयाँ वर्षमा लक्ष्मीको कृपा चाहनुहुन्छ भने आफ्नो घरबाट यी पाँच कुरा तुरुन्त हटाउनुहोस् ।
भाँच्चिएको फर्निचरः
घरमा भाँच्चिएको खाट राख्दा वैवाहिक जीवनमा कलह हुने मान्यता राखिन्छ । यदि तपाईं नयाँ वर्षमा तपाईंको साथीका साथै तपाईंको जीवन पनि खुसी खुसी बितोस् भन्ने चाहनुहुन्छ भने घरबाट भाँच्चिएका फर्निचर हटाउनुहोस् ।
फुटेका सिसाः
घरमा कुनै पनि प्रकारको सिसा फुटेका छन् भने तुरुन्त हटाउनुहोस् । सिसाको कुनै भाँडो होस् वा फोटो फ्रेम होस् वा सिसा, यदि फुटेका छन् भने तत्काल हटाउनुहोस् । फुटेका सिसाले वास्तु दोष लिएर आउँछन् र यसले मानसिक तनाव पनि निम्त्याउँछ ।
बिग्रिएको घडीः
यदि तपाईंको घरमा बिग्रिएको घडी छ भने त्यसलाई तत्काल हटाउनुहोस् । रोकिएको घडीबाट नकारात्मक ऊर्जा पैदा हुन्छ । यदि तपाईं नयाँ वर्षमा तपाईंको कुनै पनि काम नरोकियोस् भन्ने चाहनुहुन्छ भने आफ्नो बन्द घडीलाई घरबाट तत्काल निकाल्नुहोस् ।
बिग्रिएका विद्युतीय उपकरणः
घरमा भएका पुराना विद्युतीय उपकरणलाई तत्काल बाहिर निकाल्नुहोस् । बिग्रिएका वस्तु घरमा राख्दा राख्दै त्यो कबाडी हुने गर्छन् जसले नकारातमक ऊर्जा पैदा गर्छ । त्यसकारण यस्ता वस्तुलाई आफ्नो घरभित्र स्थान नदिएकै राम्रो ।
फुटेका मूर्तीः
नयाँ वर्षको स्वागत गर्नुअघि पूजाकोठा राम्रोसँग सफा गर्नुहोस् । यदि पूजाकोठामा फुटेका मूर्ती छन् भने यसलाई हटाउनुहोस् किनभने यो अशुभको संकेत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण