श्रीमती आफूभन्दा अघि हिँडेको भन्दै श्रीमानले गरे सम्बन्धविच्छेद
दुबई – साउदी अरबमा निकै स–सानो कुरामा सम्बन्धविच्छेद दिने चलन लगातार बढिरहेको छ । नयाँ मामलामा साउदीका एक व्यक्तिले आफ्नी श्रीमतीसँग यसकारण सम्बन्धविच्छेद गरे किनभने उनकी श्रीमती उनीभन्दा अगाडि हिँडिरहेकी थिइन् ।
स्थानीय मिडियाका अनुसार श्रीमानले थुप्रै पटक आाफूभन्दा अगाडि नहिँड्न श्रीमतीलाई चेतावनी दिएपनि श्रीमतीले उनको भनाई नमानेपछि उनीसँग सम्बन्धविच्छेद गरेका हुन् । यद्यपी, अहिलेसम्म यी व्यक्तिको पहिचान हुन सकेको छैन ।
अर्का एक मामलामा हनिमूनमा गएका एक जोडीको पाउजु लगाउने विषयमा कुरा नमिल्दा सम्बन्धविच्छेद भएको थियो । श्रीमतीलाई पाउजु लगाउन चाहन्थिन् तर श्रीमान भने त्यस्तो चाहँदैनथे । यस्तैमा अर्को एक मामलामा एक श्रीमानलाई श्रीमतीको कुरा गर्ने शैली मन नपरेपछि सम्बन्धविच्छेद गरेका थिए ।
साउदीमा सम्बन्धविच्छेदका मुद्दामा तीब्र वृद्धि भएपछि अब प्रशासनले विवाहित जोडी विशेषगरी नवविवाहितका लागि काउन्सिलिङ सेवा सुरु गर्ने माग गरिँदै छ । साउदीमा विवाह गराउने एक व्यक्ति हुमूद अल शिमारीका अनुसार पछिल्लो दुई वर्षमा सम्बन्धविच्छेदका मुद्दामा तिब्र वृद्धि भइरहेको छ । अल शिमारीले यसका विभिन्न कारण बताए तर आधुनिक प्रविधीलाई सबैभन्दा ठूलो दोषी बताइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
-
केप भर्डेको पुनरागमन: हेलियो वरेलाको गोलसँगै उरुग्वेविरुद्ध स्कोर २–२
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण