लन्डन डर्बीमा चेल्सी अब्बल
एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र आर्सनलबीचको लन्डन डर्बी भिडन्तमा चेल्सीले बाजी मारेको छ । आइतबार बेलुका भएको खेलमा चेल्सीले आर्सनललाई २–१ गोलले हरायो । घरेलु मैदानमा आर्सनलले सुरुवाती अग्रता लिएर पनि हार खेपेको थियो । चेल्सीको जितमा जर्जिन्हो र टमी अब्राहमले खेलको अन्तिममा गोल गरेका थिए । जर्जिनोले ८३औं र टमीले ८७ औं मिनेटमा गोलगर्दै चेल्सीको जित पक्का बनाए ।
आर्सनलले खेलको १३ औं मिनेटमा पिर्रे इमरिक ओउबामियाङको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफको अन्तिममा उत्कृष्ट प्रदर्शन गर्दै चेल्सीले खेल उल्टाएको थियो । जितसँगै चेल्सी चौथो स्थानमा रहेको चेल्सीले २० खेलबाट ३५ अंक बनाएको छ ।
यसअघि २४ अंक बनाएको आर्सनल १२औं स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको १८ खेलबाट ५२ अंक छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटीको ४२ र तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३८ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोग: गोली संसद् भवनभित्रबाटै चल्यो, कसले चलायो थाहा छैन
-
औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
अहिलेकाे बजेट कुनै क्षेत्रमा फोकस छैन : वर्षमान पुन
-
द भ्वाइस अफ हिन्द रजाब : युद्धभूमिमा फुलेको एउटा फूल
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण