‘हेटौँडा हुँदै हुँदैन’
काठमाडौँ । हेटौँडालाई प्रदेश ३ को राजधानी तोक्ने निर्देशन दिने नेकपा सचिवालयको निर्णयप्रति सोही पार्टीका सांसदहरुले विरोध जनाएका छन् । निर्णयले संविधान र संघीयतामाथि प्रहार गरेको आरोप लगाउँदै उनीहरुले उक्त निर्णय नमान्ने चेतावनी दिएका छन् । उनीहरुले यसलाई विधि र प्रक्रिया मिचेर गरिएको निर्णयको संज्ञा दिएका छन् ।
संघीयतालाई व्यावहारिक अनुभूत हुने गरी प्रदेश नम्बर ३ को पहिचना र संस्कृतिका आधारमा नामाकरण गर्नुपर्नेमा पञ्चायतकालमा राखिएको बागमती अञ्चलको नामबाटै प्रदेशको नाम राख्नु संघीयताको मर्मतविपरित रहेको प्रदेश सांसदहरुको धारणा छ ।
काभ्रेलाई प्रदेश राजधानी प्रस्ताव गर्नेमध्ये प्रस्तावक चन्द्र लामाले सचिवालयको निर्णयले संसदको सर्वोच्चतामाथि प्रशन उठेको बताए ।
त्यस्तै, प्रदेश नम्बर ३ का कानुन तथा आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेलले प्रदेश ३ को नाम नेवाः–ताम्सालिङ–बागमती राख्नुपर्नेमा नभएको बताउँदै भने, ‘संघीयता खोलाले हैन जनताले मागेको हो । बागमती मात्र राख्दा संघीयताको मर्मअनुकूल भएन ।’
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैन: महासेठ
-
‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
-
प्रदेशमा प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुन्न : गगन थापा
-
पदबाट हट्न सहमत भए हंगेरीका राष्ट्रपति तमास शुल्योक
-
‘जदौ’ को शीर्ष गीत `जदौ हजुरमा´सार्वजनिक
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण