तीन महिनामै २८ लाख ग्राहक टेलिकमको फोरजी सेवामा आबद्ध
काठमाडौँ । आसोजको दोस्रो साता एकैपटक ३६ जिल्लाका ५० शहरमा फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमले करीब ३ महिनाको अवधिमा आफ्नो फोरजी सेवाअन्तरगत २८ लाख ग्राहक आबद्ध भएको बताएको छ ।
मङ्गलबारसम्मको तथ्याङ्क अनुसार टेलिकमको कुल फोरजी ग्राहक ३६ लाख पुगेको छ । असोजको दोस्रो सातासम्म यो सङ्ख्या मात्र ८ लाख थियो ।
पछिल्लो समय फोरजी ग्राहकको सङ्ख्या ह्वात्तै बढ्नुमा टेलिकमले यो सेवा मुलुकभर पुर्याएपछि यसअघि थ्रीजी सेवा लिइरहेका ग्राहकहरु फोरजीमा स्तरोन्नति हुनु प्रमुख कारण हो । नेपालमै पहिलो पटक २०७३ पुस १७ गते फोरजी सेवा शुरु गरेको टेलिकमको यो सेवा असोजको दोस्रो सातासम्म राजधानी काठमाडौँ र पोखरामा मात्र सिमित थियो ।
टेलिकमका अनुसार असोजयता फोरजीमा आबद्ध भएकामध्ये ७ लाख ग्राहकले नयाँ फोरजी सिम लिएका हुन् । टेलिकमले हाल ६२ जिल्लाका मुख्य शहर र नगरपालिकाका एक हजार ५४ भन्दा बढी स्थानमा फोरजी सेवा विस्तार गरिसकेको छ ।
आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैन: महासेठ
-
‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
-
प्रदेशमा प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुन्न : गगन थापा
-
पदबाट हट्न सहमत भए हंगेरीका राष्ट्रपति तमास शुल्योक
-
‘जदौ’ को शीर्ष गीत `जदौ हजुरमा´सार्वजनिक
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण