मच्छिन्द्रको कठिन जित
सोमबार, १४ पुस २०७६, १४ : ३६
काठमाडौं । विदेशी खेलाडी एडिलाजा सोमिडेले खेलको अन्तिममा गोल गरेपछि मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा कठिन जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा सोमबार भएको खेलमा मछिन्द्रले एनआरटी क्लबलाई १–० गोलले हरायो । मच्छिन्द्रको जितमा एडिलाजा सोमिडेले ९० औं मिनेटमा निर्णायक गोल गरे ।
एडिलाजाले हेड गोल गर्दै मच्छिन्द्रलाई जिताएका थिए । मछिन्द्रका आन्द्रेस निया म्यान अफ दि म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । लिगमा मच्छिन्द्रको यो तेस्रो जित हो । जितसँगै मच्छिन्द्रले नौ अंक बनाएको छ । अघिल्लो बर्षको लिगका मच्छिन्द्र १३ औं स्थानमा रहेकोले उसको एक अंक घटाइएको छ । यद्यपि यस लिगका मच्छिन्द्रले चार खेलमा तीन जित र एक बराबरी खेलेको छ । लिगमा दोस्रो हार खेपेको एनआरटीले समान खेलबाट चार अंक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण