मेलम्ची आयोजना तोकिए मितिमा सम्पन्न हुनेमा आयोजना प्रमुखकै आशंका
काठमाडौं । बहुचर्चित मेलम्ची खानेपानी आयोजना तोकिए कै मितिमा सम्पन्न हुनेमा आयोजना प्रमुखले नै आशंका व्यक्त गरेका गरेका छन् ।
प्रतिनिधिसभा अन्तर्गको विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा हालसम्मको प्रगती विवरण जानकारी गराउँदै आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले नै आयोजना तोकिए कै मितिमा सम्पन्न हुनेमा शंका व्यक्त गरेका हुन् ।
आयोजना प्रमुख खत्रीले बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएको चिनियाँ कम्पनीले हालसम्म सन्तोषजनक काम गरेपनि सीएमसीले भुक्तानी दिन बाँकी रकमको लागी आपूर्तिकर्ताहरुको अवरोध हुन सक्ने खतरा, आयोजना प्रभावीत क्षेत्रबाट सडक, खानेपानी लगायतका थप आयोजनाको माग, रोयल्टी बाँडफाँड लगायतका समस्या बाँकी नै रहेका कारण आयोजना समयमा सम्पन्न हुनेमा खतरा कायम रहेको बताए ।
उनले त्यसका लागि सुरक्षाको विशेष प्रबन्ध गर्नुपर्ने तथा आयोजना प्रभावीत जनाताको सडक, खानेपानी लगायतका माग सम्बोधन गर्न आवश्यक रहेको बताए ।
सीएमसीले स्थानीय ठेक्दार र सप्लायर्सहरुलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । सरकारले ज्याला वापत श्रमिकहरुलाई २ करोड ७३ लाख रुपैयाँ भुक्तानी दिइ सकेको छ । इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाबाट हात झिके पछि अन्योलमा रहेको आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ ।
कम्पनीले कुनै अवरोध नआए दुई सिफ्टमा काम गरेर भएपनि आउँदो असार मसान्तसम्म पानी सुन्दरीजल खसाल्ने दावी गरीरहेको छ ।
कम्पनीले यो आर्थिक वर्षभित्र पानी काठमाडौंमा खसाल्ने र आउदो आर्थिक बर्षमा आयोजनाको काम सम्पन्न गर्ने गरी ठेक्का पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण