बैंकमा जस्तै सहकारीको पनि तीन लाखसम्म बचत सुरक्षण हुने
मङ्गलबार, १५ पुस २०७६, ०७ : ०२
बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारीमा रहेका सदस्यका तीन लाखसम्म बचत सुरक्षण हुने भएको छ । बैंकिङ क्षेत्रमा प्रयोगमा आएको सुरक्षणको प्रावधान सहकारीमा पनि प्रयोग गर्न लागिएको हो । सहकारीका लागि छुट्टै बचत तथा कर्जा सुरक्षण कोष स्थापना गरी सुरक्षण कार्यक्रम सञ्चालन गर्न खोजिएको हो ।
हाल सञ्चालनमा रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंक तथा वित्तीय संस्थालाई मात्र सेवा दिइरहेको छ । कोषले बैंकमा रहेको तीन लाख रुपैयाँसम्म निक्षेपका साथै बैंकहरुको साना तथा मझौलाका साथै लघु कर्जाको सुरक्षण गर्दै आएको छ । सहकारीमा जोखिम बढेसँगै साना बचतकर्तालाई सुरक्षित गर्न सरकारले सहकारी ऐनमार्फत बैंकमा जस्तै सुरक्षणको अवधारणा ल्याएको हो । यो समाचार आजको कारोबार दैनिकममा यादव हुमागाईंले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैन: महासेठ
-
‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
-
प्रदेशमा प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुन्न : गगन थापा
-
पदबाट हट्न सहमत भए हंगेरीका राष्ट्रपति तमास शुल्योक
-
‘जदौ’ को शीर्ष गीत `जदौ हजुरमा´सार्वजनिक
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण