कुमारी बैंकको २१औं शाखा रहित बैंकिङ्ग सेवा छोम्रोंगमा
काठमाडौं– कुमारी बैंक लिमिटेडले अन्नपूर्ण– ११, छोम्रोंग कास्कीबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
तमु ल्होसारको शुभ अवसरमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गबाट भएको हो ।
उद्घाटन समारोहमा शाखा रहित बैंकिङ्ग सेवाका अभिकर्ता– मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद–राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो ।
बैंकले कास्की जिल्लामा ३ शाखाहरु–पोखरा लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताए ।
बैंकले यो भन्दा अगाडि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान पीओएस मेसिन पनि जडान गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण