मौसम सफा हुँदै गएपछि महोत्तरीवासीको जनजीवन सामान्य हुँँदै
दुई साताभन्दा बढी चिसो स्याँठ र मुटु कमाउने जाडो खेपेका महोत्तरीवासी मौसम सफा हुँदै गएपछि सामान्य हुँदैछन् ।
सोमबारयता क्रमशः पारिलो घाम लाग्दै हुस्सु घटेर स्याँठ चल्ने क्रम पातलिँदै गएपछि यहाँको जनजीवन सामान्य हुँदै गएको हो ।
गत मङ्सिर २७ गते रातभरि पानी परेपछि एक्कासि बढेको जाडोले महोत्तरीसहित मध्यपूर्वी तराईको जनजीवन निकै कष्टकर बनेको थियो ।
दिनभरि बाक्लो हुस्सु लाग्ने र रातभरि तुषारो परिरहेपछि गत सोमबार अघिसम्म घर बाहिर निस्कन निकै सकस थियो ।
सोमबार मध्याह्न पारिलो घाम देखिएयता लगातार मौसम सफा हुँदै गएको छ । चिसो स्याँठ र राति तुषारो पर्न छाडेपछि जाडो निकै घटेको यहाँका सर्वसाधारणले बताएका छन् ।
आज बिहानै घाम देखिएपछि अन्तर्राष्ट्रिय प्रचलनको इश्वी संवत्को नयाँ वर्ष मनाउनेको चहलपहल जताततै देखिएको छ ।
यसपालि महोत्तरीमा गत शनिबार सबैभन्दा चिसो बढेको थियो । सो दिन महोत्तरी, धनुषा, सिरहा र सर्लाहीसहितका जिल्लामा तापक्रम चार डिग्री सेल्सियसभन्दा तल झरेको जनकपुर विमानस्थलको तापमापन सूचना केन्द्रले जनाएको थियो ।
यसपालि महोत्तरीमा बढेको चिसोले अधिकांश विद्यालय बन्द गरिएका थिए भने बजारु चहलपहल पनि स्वात्तै घटेको थियो । अहिले मौसममा सुधार देखिएपछि ज्यालादारी गरेर गुजारा चलाउने मजदुर अब काममा जान पाउने आशले खुशी देखिएका छन् ।
यससँगै कृषिकार्य र पशुपालन व्यवसायलाई पनि अब राहत हुने किसानले आश पालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण