पोखरामा बस, जिप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
कास्की । पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१४ चाउथेमा बिहान अन्दाजी २ः५० बजेको समयमा बस, जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा जिप चालक पोखरा–२९ बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई हल पोखरा चाउथे बस्ने १९ वर्षीय रोशन गुरुङको उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पृथ्वीचोकबाट चाउथेतर्फ जाँदै गरेको ग२च २७२६ नंको जिप अनियन्त्रित भई ग१६प ९५३७ नंको मोटरसाइकललाई ठक्कर दिएर विपरीत दिशाबाट आउँदै गरेको ग१ख ९४०५ नंको बससँग ठोक्किएको प्रहरीको भनाइ छ ।
दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा उपचार गर्दागर्दै दुबै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बाबुराम केसीले जानकारी दिए ।
दुर्घटनामा जिपमा सवार पोखरा–२९ भण्डारढिक बस्ने ३४ वर्षीय प्रेम परियार र पोखरा–३१ बस्ने २३ वर्षीय दिलबहादुर परियार घाइते भएकामा उनीहरुको उपचार भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण