यसरी भयो गण्डकी प्रदेशमा भ्रमण वर्षको शुभारम्भ (फोटो फिचरसहित)
पोखरा । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को गण्डकी प्रदेशमा पनि उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फेवा किनारमा आयोजित भव्य समारोहकाबीच भ्रमण वर्षको उद्घाटन गरेका हुन् ।
शुभारम्भ कार्याक्रममा एघारै जिल्लाबाट विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । पर्यटकीय केन्द्र लेकसाइड फिस्टेल गेटबाट निस्केको झाँकी फेवा किनारमा पुगेर सभामा परिणत भएको थियो ।
झाँकीमा सरिकहरुले भ्रमण वर्ष २०२० लेखेको प्लेकार्ड बोकेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यहरुका भिडियो क्लिप पनि देखाइएको थियो ।
पोखराकोआकाशमा ‘भिजिट नेपाल २०२०’ लेखेको ब्यानर पनि उडाइएको थियो भने अल्ट्रालाइटबाट पुष्पवृष्टि गरिएको थियो ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीले पाँच वर्षमा २५ लाख पर्यटक पोखरामा भित्र्यायाउने तयारीमा महानगरपालिका लागि रहेको बताए । त्यसको लागि पूर्वाधार तयार पार्न महानगर लागि रहेको उनले जानकारी दिए ।
यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले पोखरामा पर्यटक भित्र्याउन पर्याप्त पर्यटकीय गन्तव्य भएको बताए ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण