पेट्रोल, डिजेल र मट्टितेलको बढ्यो मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमद्वारा बुधबार जारी विज्ञप्तिमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको जनाइएको छ ।
भारतबाट केही मूल्य बढेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमा अनुसार हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावतै रहेको छ।
अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम गरिएको छ।
बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। उपरोक्त समायोजन पश्चात् काठमाडौंसहित सुर्खेत र दिपायलमा १११ रुपैयाँ प्रति लिटर पर्नेछ।
पोखरा र दाङमा ११० रुपैयाँ ५० पैसा प्रतिलिटर तथा विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा लिटर कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण