एनआईसी एशिया बैंक र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिबीच सम्झौता
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिबीच सम्झौता भएको छ । बैंकका सम्पुर्ण ग्राहक र कर्मचारीहरुलाई अस्पतालमा उपचार गराउँदा बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०प्रतिशतदेखि १५प्रतिशितसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्की र श्री तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक बिमलप्रसाद श्रेष्ठज्यूले हस्ताक्षर गरेका थिए ।
बैंकले मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान आएको छ । करिब २० लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।
यता वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दाबढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि घट्यो कच्चा तेलको भाउ, ब्रेन्ट ७३.७६ डलर र डब्ल्यूटीआई ७०.४३ डलरमा कारोबार
-
रास्वपामा पदाधिकारी चयन गर्न लागि मतदान सुरु
-
प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावको जनमोर्चाद्वारा स्वागत
-
उम्मेदवारी फिर्ता र समर्थनप्रति गणेश कार्कीको असन्तुष्टि- ‘यसले सभापतिको भनाइलाई नै खिल्ली उडायो’
-
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध छ : रुबियो
-
निर्माण इजाजतपत्र अब अनलाइनबाटै नवीकरण हुनेः साउन १ देखि नयाँ व्यवस्था लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण