भ्रमण वर्षको दोश्रो दिन भारतीय पर्यटन राज्यमन्त्री जनकपुरमा (फोटोफिचर)
जनकपुर । भारत सरकारका केन्द्रीय संस्क़ृति तथा पर्यटन राज्यमन्त्री प्रह्लाद पटेल जनकपुर भ्रमणमा आएका छन् । पटेलले बिहीबार जानकी मन्दिरमा दर्शन गर्दै पुजा अर्चना समेत गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन भारतको प्रतिनिधित्व गर्दै बिहिवार जनकपुर आएका मन्त्री पटेल जानकी मन्दिर दर्शन पश्चात प्रदेश नम्बर २ का मन्त्रीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट १२ः०५ बजे जनकपुर विमानस्थल आइपुगेका पर्यटन मन्त्री पटेललाई नेपाल भ्रमण वर्ष २०२० प्रदेश २ समन्वय समितिका संयोजक मनिष झाले स्वागत गरेका थिए । मन्त्री पटेलले जानकी मन्दिरमा पुजा अर्चना गर्दा बृहत्तर जनकपुर क्षेत्र विकाष परिषदका अध्यक्ष शालिग्राम सिंह, प्रदेश २ का पर्यटन मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेल, प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेल, धनुषाका प्रहरी प्रमुख रमेशकुमार बश्नेत लगायतका अधिकारीहरु समेत उपस्थित रहेका थिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण