एनआईसी एशिया बैंकको कार्ड प्रयोग गर्दा १०% क्यासव्याक हुने
बिहीबार, १७ पुस २०७६, १९ : ०४
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकहरुका लागि नयाँ बर्ष २०२० को अवसर पारेर क्यासव्याक अफर ल्याएको छ ।
गत डिसेम्बर ३१ देखि २५ फेब्रुवरी २०२० सम्म भिसा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १०% वा अधिकतम रु. १५००सम्म क्यासव्याक प्रदान गर्ने भएको छ ।
उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्तगर्न बैंकका डेविट एवं क्रेडिट कार्डवाहकहरुले सामान वा सेवा खरिद गर्दा न्यूनतम रु. ५०० तथा सो भन्दा वढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्नेछ ।
यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपडेट : भुक्तानी नगर्दा काटियो इन्टरनेट
-
विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ : सचेतक भण्डारी
-
कसरी सुल्झिएला सलमान खानको घरमा भएको गोलीबारीको घटना ?
-
४ सय ३६ स्थानमा डढेलो
-
काठमाडौँको बालबाटिका स्कुलमा कालो ब्यानर
-
विकासका योजनाहरू समयमै सम्पन्न हुन नसक्नुको कारण खोजौँ : सांसद भण्डारी