अष्ट्रेलियाको डढेलोः अग्नी नियन्त्रकको अन्तिम संस्कारमा सरकारले १९ महिने छोरालाई दियो वीरता पुरस्कार
अष्ट्रेलियाको जंगलमा लागेको आगो निभाउने क्रममा गत हप्ता अग्नी नियन्त्रक ज्योफ्री किटनको मृत्यु भएको थियो । बिहिबार ज्योफ्रीको अन्तिम संस्कार आयोजना गरियो जसमा उनका १९ महिने छोरालाई पिताको बहादुरीका लागि पदकबाट सम्मानित गरियो ।
ज्योफ्रीका छोरा हार्वी किटनलाई सर्वोच्च सेवा मेडलबाट सम्मानित गरिएको हो । सम्मान ग्रहण गर्ने बेला हार्वी रुरल फायर सर्भिस (आरएफएस) को ड्रेसमा र्थि । त्यतिबेला हार्वीको मुखमा प्यासिफायर थियो भने उनी निकै शान्त तरिकाले पदक लगाइदिएको हेरिरहेका थिए ।
न्यू साउथ वेल्स रोयल फायर सर्भिस कमिश्नर क्रेग फिजसिमोन्सले हार्वेको शर्टको पदक लगाइदिएका हुन् । अन्तिम संस्कारमा संलग्न दर्जनौं अग्नी नियन्त्रकले ज्याफ्रीलाई सिड्नीको चिहानमा बिदाई स्वरुप सलामी दिए ।
ज्याफ्रीको कफिनमाथि कप राखिएको थियो जसमा बुवा छोराको फोटो अंकित थियो । फोटोसँगै लेखिएको थियो, ‘ड्याडी आइ लभ यु टु द मुन एण्ड ब्याक !’
जंगलमा आगो निभाउने क्रममा तीनजना अग्नि नियन्त्रकको मृत्युः
हार्वीका पिता जेफ्री किटन (३२) ती तीन अग्नि नियन्त्रकमध्ये एक हुन् जसको हालै मृत्यु भएको छ । किटन र उनका सहयोगीको गाडीमाथि बलिरहेको रुख खस्दा गत महिना मृत्यु भएको थियो ।
आलोचनापछि ज्योफ्रीको अन्तिम संस्कारमा पुगे प्रधानमन्त्रीः
ज्योफ्रीको अन्तिम संस्कारमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन पनि समावेश भए । अष्ट्रेलियाको डढेलो न्यूनिकरणका लागि प्रभावकारी उपाय अवलम्बन नगरेको भन्दै उनको निकै आलोचना भएको थियो । उनी आफ्नो परिवारसँग छुट्टी मनाउन हवाई गएका थिए । सामाजिक कार्यकर्ता र अग्नी नियन्त्रकहरुको बढ्दो दबाबपछि उनी फिर्ता भएका थिए । सिड्नीमा डढेलोका कारण तापक्रम ४५ डिग्रीसम्म पुगेको थियो ।
अहिलेसम्म १८ जनाभन्दा बढीको मृत्युः
अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा डढेलोका कारण सातजनाको मृत्यु भएको छ । पछिल्लो चार महिनामा आगलागीको घटनामा अहिलेसम्म १८ जनाभन्दा बढीको मृत्यु भएको छ । थुप्रै हराइरहेका छन् । न्यू साउथ वेल्समा आगलागीपछि अहिलेसम्म हजार बढी घर जलेर खरानी भएका छन् । दक्षिण–पूर्वी अष्ट्रेलियाका तीन लाख हेक्टर क्षेत्रमा आगो फैलिएको छ । न्यू साउथ वेल्सका अधिकारीले शहरमा संकटकालको घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण