बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँको चन्द्रागिरीमा हिउँ पर्‍यो, तस्बिरमा हेर्नुहोस्

शनिबार, १९ पुस २०७६, १५ : ५६
शनिबार, १९ पुस २०७६

काठमाडौं–  वर्षासँगै काठमाडौँको चन्द्रागिरीमा हिमपात भएको छ । शुक्रबारदेखि नै सामान्य हिउँ पर्न थालेकोमा शनिबार थप हिमपात भएको हो । हिमपात भएसँगै चन्द्रागिरीमा हिउँ खेल्न पुग्नेहरुको भिडभाड देख्न सकिन्छ । 

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता मौसम प्रभावित भएको छ । जसका कारण देशका विभिन्न स्थानमा हिमपात भएको छ भने चिसो बढेको छ । 
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार साँझदेखि मौसममा क्रमशः सुधार हुँदै जानेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप