सन्दीपको उत्कृष्ट बलिङमा मेलबर्न स्टार्सको पाँचौँ जित
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै बिग बास लिग (बीबीएल) क्रिकेटमा मेलबर्न स्टार्सले पाँचौ जित हात पारेको छ । शनिबार भएको खेलमा स्टार्सले मेलबर्न रेनेगेड्सलाई ८ विकेटले पराजित गरेको हो ।
स्टार्सलाई पाँचौ जित दिलाउने क्रममा सन्दीपले ३ विकेट लिएका थिए । सुरुवाती दुई ओभरमा विकेट विहीन सन्दीप तेस्रो ओभरमा २ र चौंथो ओभरमा १ विकेट लिन सफल भएका हुन् ।
यससँगै यस सिजन सन्दीपले ५ खेलमा ६ विकेट लिन सफल भएका छन् । यता आजको जितसँगै स्टार्स पनि अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । मेलबर्न क्रिकेट मैदानमा रेनेगेड्सले दिएको १ सय ४३ रनको लक्ष्य स्टार्सले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर भेटाएको थियो ।
स्टार्सको जितमा मार्कुस स्टोनीसले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान ग्लेन म्याक्सवेलले अविजित ४० रन बनाए । रेनेगेड्सका केन रिचार्डसन र रिचार्ड ग्लिसनले १–१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण