सीमावर्ती दशगजा क्षेत्रको स्थलगत निरीक्षण
बारा । नेपाल–भारत सीमा जोडिएका बारा जिल्लाका सीमावर्ती दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण तथा अनुगमन गरिएको छ । पछिल्लो समय सीमा अतिक्रमणको विषयले चर्चा पाउन थालेपछि परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय बारासहितको प्रतिनिधिमण्डलको टोलीले छिमेकी मुलुक भारतसँग जोडिएका सीमा क्षेत्रको संयुक्त निरीक्षण तथा अनुगमन गरेको हो ।
परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद भट्टराई, जिल्ला प्रशासन कार्यालय बाराका प्रजिअ फडिन्द्रमणि पोखरेल, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक प्रकाश थापालगायतले मिचिएका सिमानाहरुका साथै दशगजा क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन् ।
प्रदेश नं २ का आठ जिल्लामा मात्र ४६४ किलोमिटर खुल्ला सिमाना तथा दशगजा क्षेत्र रहेको छ । यसअन्तर्गत बारामा ६०, सर्लाहीमा ५१, रौतटहमा ३२, पर्सामा १०७, महोत्तरीमा ३८, धनुषामा ४१, सिरहामा ५७ र सप्तरीमा ७८ किलोमिटर भातरसँग खुल्ला सिमाना रहेको छ । यस क्षेत्रका स्थानीयवासी साँझ नेपाली हुने र बिहान उठ्दा भारतीय भइसकेको हुने गरेका छन् । यस क्षेत्रमा दिन प्रतिदिन सीमा मिचिनुका साथै साना तथा ठूला जङ्गेपिल्लर हराउने गरेका छन् ।
निरीक्षण तथा अनुगमनका क्रममा नेपालतर्फ बाराको कलैया उपमहानगरपालिकाअन्तर्गत रहेका दुई स्थान मर्टिहवा र मुसर्वामा रहेका सीमास्तम्भहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको बाराका प्रजिअ फणिन्द्रमणि पोखरेलले जानकारी दिए । खुल्ला सीमाका कारण आपराधिक गतिविधिहरु बढ्नाका साथै दिन प्रतिदिन सीमा मिचिएको र सीमास्तम्भहरु पनि सारिने तथा हराउने गरेको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पटकपटक कुरा उठिरहेको समयमा सीमा नाका र सीमास्तम्भहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण