सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

धनगढीबाट अभौतिक मुद्रा कारोबारमा संलग्न ९ जना पक्राउ

आइतबार, ०३ साउन २०८३, १९ : २८
आइतबार, ०३ साउन २०८३

सारांश

  • कैलाली प्रहरीले अभौतिक मुद्रा (भर्चुअल करेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरेको छ।
  • धनगढी उपमहानगरपालिका–४ बसपार्क क्षेत्रमा घरको फ्ल्याट भाडामा लिएर केही व्यक्तिले युवायुवतीलाई राखी सफ्टवेयरमार्फत अभौतिक मुद्रा कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
  • पक्राउ परेका नौ जनालाई अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ।

धनगढी । कैलाली प्रहरीले अभौतिक मुद्रा (भर्चुअल करेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–४ बसपार्क क्षेत्रमा घरको फ्ल्याट भाडामा लिएर केही व्यक्तिले युवायुवतीलाई राखी सफ्टवेयरमार्फत अभौतिक मुद्रा कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले शुक्रबार छापा मारेको थियो।

प्रहरी टोलीले रीतपूर्वक खानतलासी गर्दा अभौतिक मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाविरुद्ध अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका– बनबेहडाका ३४ वर्षीय प्रेमबहादुर साउद, उदयपुर त्रियुगा नगरपालिका–१२ का ३४ वर्षीय दिपिन मगर, भारतको दिल्लीका ३६ वर्षीय रवि कुमार सूर्यवंशी, भारतको हरियाणाका ३७ वर्षीय दिपक कुमार जाट, चितवनको भरतपुर नगरपालिका–१ रामनगरका ३७ वर्षीय जितेन्द्र कट्टेल, ललितपुरको महालक्ष्मी नगरपालिका–८ शम्भुचौरका ४३ वर्षीय राजकुमार मोक्तान, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ नीलगिरीका ४५ वर्षीय राजन चुडाल, झापाको दमक नगरपालिका–१ का ४६ वर्षीय हरिप्रसाद चापागाईं तथा धनगढी उपमहानगरपालिका–३ भन्सारका ३९ वर्षीय ज्ञानेन्द्र ढकाल रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप