उपत्यकामा प्रहरीको ‘पर्फरमेन्स अडिट टिम’ गठन
काठमाडौं । काठमाडौँ उपत्यका हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आन्तरिक सेवा चुस्त बनाउँदै अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न आज ‘पर्फरमेन्स अडिट टिम’ गठन गरेको छ ।
कार्यालय मातहतमा रहेका सादा पोशाकका घुमुवा टोली खारेज गरेको केही दिनको अन्तरालमै कार्यालयले मातहतका प्रहरी कर्मचारीको काम कारवाहीको अनुगमन र मूल्याङ्कनका लागि यसरी टोली गठन गरेको हो ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रहरीले दिएको सेवा प्रवाह, अपराध अनुसन्धान र नियन्त्रणमा खेलेको भूमिका, साधन स्रोतको परिचालन र सदुपयोग, सुशासन कायम गर्नेदेखि अन्य गतिविधिको मूल्याङ्कन गर्नेगरी प्रहरी उपरीक्षकको नेतृत्वमा टोली गठन गरिएको जानकारी दिए ।
प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा गठन भएको उक्त टोलीले सादा पोशाकमा समेत आवश्यकताअनुसार छड्के जाँच गर्नसक्ने अधिकार दिइएको छ । पछिल्लो समयमा महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेपछि उहाँले मातहतका प्रहरी कर्मचारीलाई शान्ति सुरक्षामा अब्बल भएर काम गर्न निर्देशन दिँदै रात्रि सुरक्षासमेत चुस्त पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण