प्योङयाङमा उत्तरकोरियाले गर्यो शक्ति प्रदर्शन

एजेन्सी । आणविक कार्यक्रमको विषयलाई लिएर अमेरिकासँगको तनावको बीचमै उत्तर कोरियाले राजधानी प्योङयाङमा विशाल शक्ति प्रदर्शन गरेको छ । आइतबार राजधानी प्योङयाङस्थित सुङ स्क्वायरमा उत्तरकोरियाले लाखौ मानिसहरु उतारेर शक्ति प्रदर्शन गरेको हो । शक्ति प्रदर्शनमा उत्तरकोरियाका प्रधानमन्त्री किम जेरियाङ पनि सहभागी भएका थिए ।
सभालाई सम्बोधन गर्दै जेरिययलनले भने, ‘सारा संसारले हाम्रो शक्तिलाई फलाम मान्दछ। हामीले हाम्रो नेता किम जोङ उनको सपना साकार पार्नैपर्छ । उहाँका निर्णयहरूलाई लागू गर्न हामी सबै तयार हुनुपर्छ ।’
सामान्यतया, उत्तर कोरियाले यस्ता शक्ति प्रदर्शन गरेर विश्वलाई आफ्नो शक्ति मजबुत भएको संकेत दिँदै आएको छ ।
गतहप्ता सर्वोच्च नेता किम जोङ उनले नयाँ वर्षबाट आफ्नो अमेरिकालाई हेर्ने आफ्नो रणनीति बदल्ने बताएका थिए। उनको यो प्रतिक्रियासँगै कोरियाले लामो दूरीका आणविक मिसाइलहरूको परीक्षण र विकास गर्ने अनुमान गरिँदै आएको छ। उनले अमेरिकाले आफ्ना मागका सुनुवाई नगरे क्रिसमस उपहार दिने भन्दै कुटनीतिक धम्की दिएका थिए ।
उत्तर कोरियाले आणविक निरस्त्रीकरण मुद्दामा प्रतिबन्धको सामना गरिरहेको छ । अमेरिकाबाट छुट पाउन उसले बेला बेलामा दबाब दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी