वास्तुशास्त्रः घरमा नराख्नुहोस् सिंह, बाज र परेवाजस्ता पशुपंक्षीको फोटो
वास्तुशास्त्र अनुसार घरमा मूर्ती र तस्बिर राख्दा सावधानी अपनाउनुपर्छ । मानसार, समरांगणसूत्रधार, प्रासाद मण्डन र वृहत्संहिताजस्ता वास्तु ग्रन्थमा घरको सजावट र अन्य कुराबारे बिस्तारपूर्वक बताइएको छ । यी ग्रन्थ अनुसार घरमा राखिएका वस्तु र तस्बिरको शुभ–अशुभ असर त्यहाँ बस्ने मानिसहरुमाथि पर्छ । यी ग्रन्थले घरमा के कस्ता तस्बिर र मूर्ती नराख्दा राम्रो हुन्छ भन्ने जानकारी दिएको छ, यसबारे जानकारी लिऔं ।
जनावरबाहेक ऐतिहासिक र पौराणिक फोटोका लागि पनि सावधान हुनुपर्छ
– समरांगण सूत्रधारको ३८ औं अध्यायमा गिद्ध, उल्लू, परेवा, कौवा, बाज र बकुल्लाजस्ता पंक्षीको फोटो वा चित्र भित्तामा राख्नुहुँदैन ।
– सर्प, गोहीजस्ता जन्तुको फोटो, आकृति र उनीहरुजस्तै आकार प्रकारका वस्तु घरमा राख्न दोष लाग्छ ।
– सुँगुर, बाँदर, ऊँटका साथै अन्य जंगली जनावरजस्तै सिंह, स्याल, बिरालो जस्ता मांसहारी पशुको चित्र पनि घरमा राख्नुहुँदैन ।
– रामायण र महाभारतका साथै कुनै पनि प्रकारको युद्ध चित्र घरमा हुनु शुभ मानिँदैन । यसका साथै इतिहास र पुराणमा बताइएका कथा–कहानीको पात्रको चित्र पनि घरमा राख्नुहुँदैन ।
– रोइरहेका मानिस, राक्षस र भूत प्रेतका भयंकर चित्र पनि घरमा हुनु अशुभ मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण