भक्तपुरमा जुवाखालबाट १४ जना पक्राउ
मङ्गलबार, २२ पुस २०७६, १५ : ५४

भक्तपुर । मध्यपुर थिमी नगरपालिका–९ नीलबाराही टिगनीमा सूर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको नीलबाराही रिसोर्टबाट प्रहरीले आज जुवातास खेलाइरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ ।
हरेक दिन रिसोर्टमा जुवातास खेलाउने गरेको प्राप्त सूचनाका आधारमा छापा मार्दा तास खेलिरहेको स्थानबाट रु सात लाख तीन हजार १९० तथा सात हजार ६६० भारतीय रुपैयाँ गरी कूल रु सात लाख १५ हजार ४४६ सहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक पञ्चलाल गालेले जानकारी दिए ।
पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरिएको र उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत जुवा खेलेको वा खेलाएको मुद्दामा म्याद थप भई अनुसन्धान शुरु गरेको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द