भ्रमण वर्षअघि नै घटे पर्यटक
बुधबार, २३ पुस २०७६, ०७ : ४५
२० लाख पर्यटन भित्राउने महत्वकांक्षी लक्ष्यसहित नेपाल भ्रमणवर्ष मनाइरहँदा अघिल्लो वर्षको पर्यटक आगमन तथ्यांक भने निराशाजनक रहेको पाइएको छ ।
सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन अघिल्लो वर्ष २०१८ को तुलनामा १.७५ प्रतिशतले कम हो ।
अध्यागमन विभागका अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो सन् २०१७ तुलनामा २४.७ प्रतिशतले बढी थियो ।
यसरी हेर्दा सन् २०१८ को पर्यटक आगमन हालसम्मको उच्च देखिएको छ ।
सन् २०१९ मा पनि नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा बढी दक्षिण छिमेकी मुलुक भारतबाट २ लाख ९ हजार ६११ र दोस्रोमा उत्तरी छिमेकी चीनबाट १ लाख ६९ हजार ५४३ रहेका छन् ।
यो समाचार आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुकायो साका चम्किएपछि पहिलो हाफमै इङ्गल्याण्डको तेस्रो गोल
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण