आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लेस्टर र भिल्ला बराबरीमा रोकिए

बिहीबार, २४ पुस २०७६, १० : १०
बिहीबार, २४ पुस २०७६

लेस्टर सिटी र एस्टन भिल्लाले इएफएल (कारबाओ) कपको सेमिफाइनलको पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका छन् । 

बुधबार राति भएको खेलमा एस्टन भिल्लाले सुरुवाती अग्रता लिएपनि बराबरीमा चित्त बुझायो । २८औं मिनेटमा फेडरिक गुइबर्टले गोल गर्दै भिल्लालाई अग्रता दिलाए । 

फेडरिकले अनवर इल घाँजीको पासमा गोल गरेका थिए । भिल्लाको अग्रता पनि आक्रामक देखिएको घरेलु टोली लेस्टरले ७४औं मिनेटमा बराबरी गोल फर्कायो । 

लेस्टरका केलिचीले बराबरी गोल गरे । उनले जेमी भार्डीको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल नहुँदा खेल बराबरीमा सकिएको थियो । दुई टोलीबीचको दोस्रो लेग भिल्लाको मैदानमा जनवरी २९ मा हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप