लेस्टर र भिल्ला बराबरीमा रोकिए
बिहीबार, २४ पुस २०७६, १० : १०
लेस्टर सिटी र एस्टन भिल्लाले इएफएल (कारबाओ) कपको सेमिफाइनलको पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका छन् ।
बुधबार राति भएको खेलमा एस्टन भिल्लाले सुरुवाती अग्रता लिएपनि बराबरीमा चित्त बुझायो । २८औं मिनेटमा फेडरिक गुइबर्टले गोल गर्दै भिल्लालाई अग्रता दिलाए ।
फेडरिकले अनवर इल घाँजीको पासमा गोल गरेका थिए । भिल्लाको अग्रता पनि आक्रामक देखिएको घरेलु टोली लेस्टरले ७४औं मिनेटमा बराबरी गोल फर्कायो ।
लेस्टरका केलिचीले बराबरी गोल गरे । उनले जेमी भार्डीको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल नहुँदा खेल बराबरीमा सकिएको थियो । दुई टोलीबीचको दोस्रो लेग भिल्लाको मैदानमा जनवरी २९ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण